संयुक्त राष्ट्रसंघ- संयुक्त राष्ट्रसङ्घीय महासभाले शुक्रबार गाजामा ‘मानवीय सहायताका लागि युद्धविराम’ को आह्वान गर्दै इजरायल र गाजाका हमास शासकबीचको शत्रुताको अन्त्यको लागि गैर–बाध्यकारी प्रस्तावलाई पारित गरेको छ। यो हमास आक्रमणपछि इजरायल र प्यालेष्टिनी क्षेत्रमा चर्किएको हिंसात्मक गतिविधिका लागि सयुक्त राष्ट्रसङ्घको पहिलो प्रतिक्रिया हो।
विश्व समुदायको छाता संगठनको रूपमा रहेको १९३ सदस्यीय यस निकायले अमेरिकाले समर्थन गरेको क्यानडाको संशोधनलाई अस्वीकार गरेपछि ४५ देशको अनुपस्थितिमा १२० का विरूद्ध १४ मत फरकले प्रस्ताव पारित गरेको छ।
संयुक्त राष्ट्रसङ्घका लागि प्यालेस्टिनी राजदूत रियाद मन्सुरले महासभालाई विभाजित संयुक्त राष्ट्रसङ्घभन्दा अधिक साहासी र सैद्धान्तिक बन्नुपर्नेमा जोड दिए।
विगत दुई सातामा चार पटक सहमतिका लागि गरिएको प्रयासमध्ये दुई भिटो शक्तिका कारण र अन्य दुई सहमतिको पक्षमा कम्तीमा ९ मत नपुग्दा विफल भएका छन्।
इजराइलको संयुक्त राष्ट्रसङ्घीय राजदूत गिलाड एर्डनले मतदानपछि भने, ‘हमासको आतङ्ककारी क्षमता नष्ट नभएसम्म र हाम्रा बन्धकहरूलाई फिर्ता नगरेसम्म इजरायलले कारवाही बन्द गर्ने छैन।’ उनका अनुसार हमासलाई नष्ट गर्ने एउटै मात्र उपाय उनीहरूको सुरुङ र आतङ्कवादी सोचलाई जरैबाट हटाउनु हो।
संयुक्त राज्य अमेरिकाद्वारा समर्थित क्यानडाको संशोधनलाई अस्वीकार गरेपछि ४५ सदस्यको अनुपस्थितिसहित १९३ सदस्यीय वैश्विक निकायले १२० को विरूद्ध १४ मतले प्रस्ताव पारित गरेको थियो। उसले अक्टोबर ७ मा हमासले गरेको ’आतंकवादी हमला’को स्पष्ट निन्दा गर्नुका साथै हमासले कब्जामा लिएका बन्धकहरूलाई तत्काल रिहा गर्न माग गरेको थियो, जसको उल्लेख अरबले तयार पारेको प्रस्तावमा गरिएको छैन।
संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत लाना नुसिबेह, सुरक्षा परिषद्का अरब प्रतिनिधिले पनि परिणामप्रति खुसी व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।