काठमाडौं– मदिरा सेवन गरी महिलामाथि दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छ्न्।
हुम्लाका प्रमुखसमेत रहेका उनले मदिरा सेवन गरी महिलामाथि दुर्व्यवहार गरेको उजुरी परेपछि गृहमन्त्रालयले निलम्बन गरेको हो।
उनलाई जिल्ला प्रमुखको जिम्मेवारीबाट हटाएर प्रहरी हेडक्वार्टरले कर्णाली प्रदेश प्रहरी कार्यालय तानेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।