• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

पैसा खर्च गरेर ‘माननीय’ बन्ने प्रवृत्तिले भ्रष्टाचार र अस्थिरता निम्त्यायो– सांसद शाही

नारायण न्यौपाने/रासस शनिबार, कात्तिक ११, २०८०  १०:१०
1140x725

काठमाडौं– नेपाली कांग्रेसका नेता दिक्पालकुमार शाही पार्टीमा कुनै योगदान नै नभएका पनि पैसा खर्च गरेकै भरमा उम्मेदवार बन्ने गलत प्रवृत्तिलाई प्रश्रय दिएकाले समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्छ भन्ने मान्यता राख्छन्। 

उनी भन्छन्, ‘राजनीतिलाई सेवा नभई खरिदबिक्री गर्ने, सङ्गठनमा दुःख नगरी पैसाका आधारमा ‘माननीय’ हुने अनि राजनीतिमा अस्थिरता निम्त्याउने समानुपातिक निर्वाचन प्रणाली नै हो। भ्रष्टाचार अन्त्य गर्न सबैभन्दा पहिला यो प्रणाली नै हटाउनुपर्छ।’

‘सांसदसँग रासस संवाद’मा नेता शाहीले प्रत्यक्ष निर्वाचन प्रणालीभित्रै समानुपातिक समावेशिताका आधारमा महिला, आदिवासी, मधेसी, दलितलगायत समुदायको स्थान सुरक्षित गरी त्यसैभित्र प्रतिस्पर्धा गराउनुपर्नेमा जोड दिए।

सांसद शाही भन्छन्, ‘समानुपातिक प्रणालीले देशमा कहिल्यै राजनीतिक स्थिरता दिँदैन। स्थिरता नभई जनताले सुशासनको अनुभूति गर्दैनन्। विकास र आर्थिक समृद्धि प्राप्त गर्न सकिन्न, त्यसैले यसप्रति समयमै सोच्नुपर्छ।’

जिल्ला तहमा कांग्रेसमा ३५ वर्षदेखि निरन्तर क्रियाशील शाही दैलेख जिल्ला शिक्षक सङ्घका संस्थापक उपसभापति, जिल्ला विकास समिति सदस्य, नेका जिल्ला उपसभापति हुँदै पार्टीको १४ औं महाधिवेशनमा निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि भए। 

जिल्ला र निर्वाचन क्षेत्रमा बाटो, पानी, बिजुली, स्वास्थ्य र शिक्षासम्बन्धी विभिन्न समस्या रहेकामध्ये केही सम्बोधन भएको, कतिपय हुनेक्रममा पुगेको तथा केही बाँकी रहेको जनाउँदै उनले जिल्लाका समस्या र मागमा मतदाताको निरन्तर प्रश्न र खबरदारीले आफूलाई थप योगदानका लागि प्रेरणा दिइरहेको बताए। 

राजनीतिक क्षेत्रमा लामो समय बिताए पनि केन्द्रीय संसद्मा पहिलो प्रवेश भएकाले अभ्यासका क्रममा कतिपय विषयवस्तु सिक्ने र सिकाउने क्रम चलिरहेको बताउँदै सांसद शाहीले निर्वाचनमा मतदातासँग गरिएको प्रतिबद्धता पूरा गर्न आफूले गरेको प्रयासलाई पनि जनताले ठिकै मानिरहेको अनुभूति सुनाए। 

उनका अनुसार ऐतिहासिक, धार्मिक र कर्णाली सभ्यताको आधार क्षेत्र दैलेखमा पानीमा ज्वाला बल्ने पेट्रोलियम पदार्थको खानी मात्र नभई दुल्लु र धार्मिक क्षेत्र पञ्चकोशी विकास निर्माणका आधारस्तम्भ हुन्। जिल्लाका केही स्थानमा अझै खानेपानी जटिल समस्याका रूपमा छ। त्यस चुनौतीलाई सामना गर्न विभिन्न प्रयास भइरहेको छ। आठबिसमा २० शय्याको अस्पताल, केही विद्यालय निर्माण र सडक कालोपत्रेको कामलाई प्राथमिकतामा राखिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

केन्द्रीय सांसदको मुख्य जिम्मेवारी कानुनभन्दा विकास निर्माण हो र भन्ने जिज्ञासामा उनी भन्छन्, ‘देशको भूगोल, निर्वाचनमा गरिएको वाचा, चुनावी घोषणापत्र, जनचाहना, समाज र परिस्थितिका कारणले कानुनभन्दा विकास निर्माण, रोजगारी, बाटो, खानेपानी र विद्यालयका आवाज प्राथमिकतामा पर्छ।’

सांसदले कानुन निर्माणभन्दा अदालतमा परेको मुद्दासमेत सांसदले भनेर जिताइदियोस् भन्ने मान्यता गाउँघरमा अझै स्थापित रहेको बताउँदै उनले सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा विकास निर्माणमा एकरूपता हुन नसकेको उदाहरण प्रस्तुत गरे। 

परिवर्तनका पक्षधरका रुपमा आफूले प्रत्येक आन्दोलनमा सुशासनका कुरा उठाएको सुनाउँदै नेता शाहीले भनसुन र भ्रष्टाचार मौलाउने तथा सुशासन कमजोर हुने परिस्थिति नै वितृष्णाको कारक भएको जिकिर गरे। उनले भने, ‘राणाशासन र पञ्चायतकालमा भन्दा अहिले धेरै विकृति मौलाएको छ। भ्रष्टाचार अन्त्य नभई जनताले सुशासन पाउँदैनन्। अनियमितता र विकृति हाकाहाकी छ, यसको जालोलाई तोड्न सबैले सोच्नुपर्छ। सबै मिलेर काम गर्नुपर्छ।’

संसदीय प्रणालीमा प्रतिबद्ध रही झोपडी र गाउँमा बस्नेलाई हेरेर विकास निर्माणका खाका तय गर्नुपर्छ भन्ने मान्यता राख्ने कांग्रेसमाथि प्रमुख प्रतिपक्षलगायतले निरन्तर आक्रमण गरिरहेको आरोप लगाउँदै सांसद शाहीले कर्मचारीलाई उचालेर आन्दोलन गर्ने तथा निरन्तर सदन अवरोध गर्नेजस्ता उदाहरण प्रस्तुत गरे।

Xtrem

Xtrem

एक अर्को प्रसङ्गमा उनले सामाजिक सञ्जालका कारण विरोध गरेर मजाक लिने प्रवृत्ति सदनमा समेत देखिएको बताउँदै भने, ‘एक जिम्मेवार व्यक्तिले त्यसो गर्न मिल्दैन, देश र दुनियाँका समस्या उठाउनुपर्छ, त्यसमा बहस गर्नुपर्छ, उच्छृङ्खल पक्षलाई छाड्नुपर्छ।’

नागरिकमा राज्य र समाजप्रतिको विश्वास घट्दै गएकामा चिन्ता व्यक्त गर्दै सांसद शाहीले सदनमा आफू नयाँ भए पनि मुख्य समस्या गरिबी न्यूनीकरण तथा शिक्षालाई गुणस्तरीय बनाउन केही गरौं भन्ने भावनाका साथ लागिपरेको सुनाए। 

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  १०:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रस्ताव’ लैजाने, ५० देशको समर्थन
बालेन नेतृत्वको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो एक महिनाको प्रगती विवरण
टर्कीएमा खानी दुर्घटनामा ६ जनाको मृत्यु
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रस्ताव’ लैजाने, ५० देशको समर्थन शुक्रबार, असोज १६, २०८३
बालेन नेतृत्वको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो एक महिनाको प्रगती विवरण शुक्रबार, असोज १६, २०८३
टर्कीएमा खानी दुर्घटनामा ६ जनाको मृत्यु शुक्रबार, असोज १६, २०८३
चाडपर्वमा तोकिएको भाडाभन्दा बढी नलिन यातायात व्यवसायी महासंघको आग्रह शुक्रबार, असोज १६, २०८३
सस्ता प्याकेज हटाएर महँगा प्याकेज किन्न बाध्य पार्दै इन्टरनेट सेवा प्रदायकहरु, उपभोक्ताहरु मारमा पर्नसक्ने शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने शुक्रबार, असोज १६, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्