काठमाडौं- आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी बताउँदै ठगी गर्ने ३७ वर्षीय मोहन कोइराला पक्राउ परेका छन्। बाँके जिल्लाका विभिन्न सरकारी कार्यालय तथा संघ-संस्थाहरुमा गई आफूलाई अख्तियारको कर्मचारी बताउँदै ठगी गरेको सूचनाका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो।
चितवनको भरतपुर महानगरपालिका-१२ घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका-२० राँझामा डेरा लिई बस्ने कोइरालालाई अख्तियार कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्ज तथा जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले उनलाई निगरानी गरी पक्राउ गरेको हो।
सोधपुछका क्रममा उनले उल्टै प्रहरीलाई गाली गलोज गरेको समेत प्रहरीले जनाएको छ। कोइरालाईले कसैलाई भ्रममा पारी ठग्न खोजेमा प्रहरीमा खबर गर्न समेत जिल्ला प्रहरी कार्यालय बाँकेले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।