काठमाडौं- राष्ट्रिय सभाको बैठक आगामी कात्तिक १४ गते अपराह्न ४:४६ बजे बस्ने भएको छ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सभाको अर्को बैठक उक्त दिन र समयमा बस्ने गरी निर्धारण गरेको राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालद्वारा शुक्रबार जारी सूचनामा उल्लेख गरिएको छ।
यसअघि गत असोज २९ गते सूचना प्रकाशित गरी राष्ट्रिय सभाको बैठक स्थगित गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।