काठमाडौं– दैलेखको भैरबी गाउँपालिका–४ सिलङ्गीमा भएको झडपका क्रममा घाइते भएका एक युवकको मृत्यु भएको छ।
बिहीबार राति युवाहरुबीच भएको झडपमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढाक्षेत्रीको मृत्यु भएको हो।
घाइते क्षेत्रीलाई प्राथमिक उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पुर्याइएको थियो। उनको उपचारका क्रममा प्रदेश अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै अर्का घाइते दैलेखको भैरवी गाउँपालिका–५ सैनचौरका २१ वर्षीय सुमन शाही दुल्लुमा उपचारपछि फर्किएका थिए।
सैनचौरस्थित ससुराली गएका बुढाक्षेत्री र उनका जेठान सुमन शाहीले मोटरसाइकलमा सवार भएका बेला बजारमा गालीगलौज गर्दै हिँडेको विषयमा स्थानीय युवाबीच झडप भएको थियो।
उक्त घटनामा संलग्नहरुको पहिचान भएको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।