काठमाडौं– दशैं, तिहार तथा छठ पर्वको अवसरमा आयोजना गरिएको नेकपा एमालेको चियापान कार्यक्रम सरेको छ।
अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट कात्तिक १४ गते दशैं, तिहार, छठ लगायत पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राखिएको थियो।
उक्त कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दे कात्तिक १५ गते आयोजना गर्ने निर्णय भएको कार्यालय सचिव डा भीष्म अधिकारीले बताए ।
चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ठीक सवा १२ बजेदेखि सुरु हुने तय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।