काठमाडौं- प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रुकुम पश्चिम पुगेका छन्।
प्रचण्डको प्रमुख आतिथ्यमा 'जनतासँग माओवादी विशेष रुपान्तरण' अभियान अन्तर्गत माओवादी केन्द्र रुकुम पश्चिम बाफिकोट गाउँपालिकाको वडा नम्बरहरू ६ र ७ को विस्तारित बैठक सम्पन्न भएको उपमहासचिव जनार्दन शर्माले फेसबुकमा लेखेका छन्।
प्रचण्ड रुकुम पश्चिममा आयोजित एक मेलालाई सम्बोधन गर्नका लागि बिहीबार त्यहाँ पुगेका थिए। उनले सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।