काठमाडौं- पूर्वसभामुख दमननाथ ढुंगानाले संविधान निर्माताहरूलाई निद्राबाट ब्युँझन आग्रह गरेका छन्। उनले त्यसका लागि ढिलो नहोस् भन्ने खबरदारी पनि गरेका छन्।
बिहीबार सामाजिक सञ्जाल 'एक्स'मा लेख्दै ढुंगानाले संविधानका आधारभूत चरित्रविरुद्ध जनमत उर्लँदो रहेकाले त्यो राम्रो संकेत नभएको बताएका हुन्।
'यो राम्रो संकेत होइन- संविधानका आधारभूत चरित्रविरुद्ध जनमत उर्लँदो छ', उनले लेखेका छन्, 'कहाँ छन् संविधान निर्माताहरु? निद्राबाट ब्युँझनुपर्यो- ढिलो नहोस्!'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।