काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा तोकिएको छ।
यसैगरी युरो एकको खरिद दर १४० रुपैयाँ ४१ पैसा र बिक्री दर १४१ रुपैयाँ ०४ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ।
यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ९७ पैसा र बिक्री दर १६१ रुपैयाँ ६९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।