रूपन्देही– रूपन्देहीमा दुर्गाको मूर्ति बिसर्जन गर्न घाट गएका दुईजना युवाको डुबेर मृत्यु भएको छ।
स्थानीय दानव र तिनाउ नदीको संगममा मर्चवार क्षेत्रको दुर्गा मूर्तिहरू बिसर्जन गर्न गएकामध्ये २ जनाको डुबेर मृत्यु भएको हो। यस्तै एक जना बेपत्ता रहेको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको रुपन्देही प्रहरीले जनाएको छ।
सोही स्थानका २० वर्षीय सन्तकुमार राजभर अझै बेपत्ता रहेका छन्। उनको खोजी भइरहेको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।