मनहरी– मकवानपुरमा सुमो गाडी दुर्घटना हुँदा १३ जना भारतीय तीर्थयात्री घाइते भएका छन्। भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री सवार सुमो मकवानपुरमा दुर्घटनामा परेको हो।
वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको मधेस प्र.०३–००१ज०२८३ नम्बरको सुमो मंगलबार बिहान ३:३० बजेतिर मकवानपुरको इन्द्रसरोबार गाउँपालिका–५ मकैबारीमा दुर्घटना परेको हो। कुलेखानी–मातातीर्थ सडकखण्डमा आफैं अनियन्त्रित भइ सुमो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिए।
सुमो सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको र सुमो चालक बारा जिल्लाको कलैया नगरपालिका–२१ बस्ने वर्ष २५ को अनिलकुमार शाह (प्रहरीको नियन्त्रणमा) रहेको डीएसपी भण्डारीले जानकारी दिए।
सुमोमा सवार घाइते सबै भारतीय तीर्थयात्रु रहेको र घाइतेको उपचारका लागि काठमाडौँ पठाइएको डीएसपी भण्डारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।