काठमाडौं– भक्तपुरको मध्यपुरठिमी नगरपालिका-७ कमेरेटारमा गाडीको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
आइबार बा.२० च ३०३१ नम्बरको गाडीको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको हो।
भारत मोतिहारी घर भई सोही नगरपालिका-७ कमेरेटार डेरा गरी बस्ने गुड्डुलाल साहकी छोरी ४ वर्षीया आदितीको आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
डेरा अगाडि खेलिरहेको अवस्थामा उक्त गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो।
गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।