रवीन्द्र मिश्र (फाइल तस्बिर) काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रपति रामचन्द्र पौडेलको दशैं टीका बहिस्कार गर्न आह्वान गरेका छन्। राष्ट्रपति पौडेलले दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने भन्ने खबर सार्वजनिक भएको परिप्रेक्ष्यमा आइतबार सामाजिक सञ्जालमा मिश्रले टीका बहिस्कार गर्न ३ कारण प्रस्तुत गरेका छन्।
हालै संविधान दिवसमा राष्ट्रपति पौडेलबाट कैद माफी पाएका व्यक्तिले जेलबाट मुक्त भएको केही हप्तामै घाँटी काटेर रूकुममा एक महिलाको हत्या गरेको घटना ताजै भएको उनले स्मरण गरेका छन्।
‘त्यसैगरी उनले नै दिउँसै खुँडा हानी व्यक्ति हत्या गर्ने गुण्डा नाइकेलाई पनि कैद माफी गरिदिए। ती जघन्य अपराधीको मात्र हैन, सजाय माफी दिएर चोख्याउन खोज्ने राष्ट्रपतिको हातमा पनि आलो रगत लतपतिएको छ,’ मिश्रले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।