बाजुरा– बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्गस्थित जडांगा नजिकै शनिबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको बडीमालिका नगरपालिका–६ जडांगाका अन्दाजी ३७ वर्षीय बहादुर दानी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
एमके कन्ट्रक्सनको कम्पनीमा कार्यरत कर्मचारी दानीले चलाएको सु।प।प्र ०१ ००२ त ६८२६ ट्याक्टर अनियन्त्रित भर्इ सडकबाट २० मिटर तल खसेर दानीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।