काठमाडौं– इजरायलमा मृत्यु भएका नेपालीहरूप्रति समर्पित गीत ‘शोक’ सार्वजनिक भएको छ।
समीक्षा अधिकारीको स्वर, सुरेशचन्द्र दाहाल एवं भरत गुरागाईं बर्बरीकको शब्द तथा राजन क्षेत्रीको सङ्गीत रहेको उक्त गीत पूर्वेली इन्टरटेन्मेन्ट यूट्यूब च्यानलमार्फत् सार्वजनिक गरिएको हो।
नेपालीहरूको विदेसिने बाध्यता र भोग्नु परेको पिडालाई गीतमा उठान गरेको पाइन्छ।
विनोद बाजुरालीको एरेन्ज रहेको गीतमा गुरागाईं बर्बरीक, मेनुका माझी तथा वसन्त बस्नेको सशक्त अभिनय रहेको छ।
गीत पूर्वका विभिन्न स्थानहरूमा छायांकन गरिएको छ। वसन्त बस्नेत तथा सुरेशचन्द्र दाहालको निर्देशन, विशाल श्रेष्ठको छायांकन, सम्पादन रहेको गीतमा बाल कलाकारहरूको उत्कृष्ट अभिनय रहेको छ।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।