काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सापकोटालाई परराष्ट्र सल्लाहकारमा नियुक्त गरेको हो।
यसअघि सापकोटाले नेपाल सरकारको महत्त्वपूर्ण थिकंट्यांक, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन्।
उनले सन् २०१८ मा चीनको राजधानी बेइजिङस्थित रनमिन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधी हासिल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।