काठमाडौं- नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। लगातार बढिरहेको सुनको मूल्य शुक्रबार हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। बिहीबार पनि रेकर्ड बनाएको सुनको मूल्य तोलामा एकै दिन एक हजार आठ सय रूपैयाँले बढेको छ।
बिहीबार सुन प्रतितोला एक लाख १३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख १५ हजार पाँच सय रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख १५ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार चाँदीको मूल्य पनि ५ रूपैयाँले बढेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला एक हजार चार सय रूपैयाँ पुगेको हो।
अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ५० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।