काठमाडौं- बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त कमलप्रसाद श्रेष्ठ पक्राउ परेका छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिका- ६ घर भई पोखरा महानगरपालिका- १७ बिरौटा बस्ने ५३ वर्षीय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।
विनिताकुमारी पौडेलले बैंकिङ कसुरको जाहेरी दिएपछि श्रेष्ठ विरुद्ध जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेको थियो।
पक्राउ पुर्जी जारी भएपछि उनी फरार रहँदै आएका थिए। उनलाई काठमाडौंको ठमेलबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।