काठमाडौं– काठमाडौंको नागढुङ्गामा ट्रक र कार ठोक्किँदा ३ जना घाइते भएका छन्। धादिङबाट काठमाडौं आउँदै गरेको ना ७ ख ८०४२ नम्बरको ट्रक काठमाडौंबाट धादिङतर्फ गइरहेको बा १५ च ९०६४ नम्बरको कार चन्द्रगिरी नगरपालिका–२ नाग मन्दिर नजिक ठोक्किएका थिए।
शुक्रबार बिहान भएको दुर्घटनामा कारमा सवार ३ जना घाइते भएका हुन्। घाइते हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–५ घर भएका कारचालक ५८ वर्षीय भवान सिंह रावल उनकी श्रीमती ४८ वर्षीया बसन्त कुमारी रावल र छोरा १७ वर्षीया श्रीस रावल छन्।
घाइतेहरुलाई उपचारका लागि संतुगलस्थित ओम समाज अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।
ट्रकको ठक्करबाट कार सडकबाट ६० मिटर तल खसेको थियो। प्रहरीले ट्रकका चालकलाई नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।