काठमाडौं– निर्माण व्यवसायीहरुले काम गरे पनि भुक्तानी हुन बाँकी रहेको रकम भुक्तानी गर्न अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयहरुलाई पत्र पठाएको छ।
अर्थ मन्त्रालयले निर्माण व्यवसायीहरूको भुक्तानी हुन बाँकी रहेको ६ अर्ब रुपैयाँ भुक्तानी गर्न मन्त्रालयहरूलाई पत्र पठाएको हो।
गत वर्ष भुक्तानी हुन नसकेको निर्माण व्यवसायीको रकम यो वर्षको बजेटबाट भुक्तानी गर्न अर्थले आज पत्र पठाएको हो।
निर्माण व्यवसायीलाई भुक्तानी हुन बाँकी रहेको रकम यो आर्थिक वर्षमा छुट्याएको रकमबाट भुक्तानी गर्न पत्र पठाएको अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।