काठमाडौं- शनिबार दुर्घटनामा पेरको अल्टिच्युड एयरको हेलिकप्टर छानबिन समिति गठन भएको छ। आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ३ सदस्यीय छानबिन समिति गठन गरेको हो।
समितिको संयोजकमा मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने र सदस्यहरुमा वरिष्ठ क्याप्टेन सिद्धार्थ जंग गुरुङ (सिम्रिक एयर) र बरिष्ठ इन्जिनीयर मेगेन्द्र कुमार श्रेष्ठ (समिट एयर) रहेको मन्त्रालयका सहप्रवक्ता प्रकाश शर्मा ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ। समितिले एक साताभित्र घटनाको छानबिन गरी प्रतिवेदन बुझाउने समयसिमा तोकिएको छ।
शनिबार बिहान ६ जना यात्रु लिएर गोरखाको सानोगाउँबाट काठमाडौंका लागि उडेको हेलिकप्टर नुवाकोट जिल्लाको मेघाङ गाउँपालिका–१ बर्सुङचेतको मैलुङपाखाको जङ्गलमा दुर्घटना भएको थियो। दुर्घटनामा परी ६ जनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन्। हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित ७ जना सवार थिए। एक घाइतेको उद्धार गरिएको छ।
हेलिकोप्टरमा हिरोमी कामात्सु, दिल्लीबहादुर गुरुङ, हिरा शेर्पा, ल्हो आनि, छोवाङ नुर्बु, सुनिल तामाङ, निश्चल केसीको मृत्यु भएको हो। डोल्मा डिकीकव मात्र जीवित उद्धार गरिएको थियो। उनको राजधानीको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। हेलिकप्टर बिहान ८ बजेर ५ मिनेट पछि टावरसँग सम्पर्क विच्छेद भएको हेलिकप्टर ५५ सय मिटर उचाइमा दुर्घटना भएको थियो।
हेर्नुहाेस् मन्त्रालयकाे विज्ञप्ति:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।