काठमाडौं– नेपाल सरकारले प्यालेस्टिनी क्षेत्र गाजास्थित अल अहली अस्पतालमा भएको हमलाको निन्दा गरेको छ।
परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथिका आक्रमणको निन्दा गरेको हो।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अस्पतालमा निर्दोष नागरिकको हत्या भएकोमा नेपाल सरकार स्तब्ध भएको उल्लेख गरेको छ।
‘अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको यस आक्रमणको निन्दा गर्दछौं र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना सरकारले व्यक्त गर्दछौं’, विज्ञप्तिमा भनिएको छ।
नागरिकको सुरक्षाको आह्वान गर्दै नेपालले सबै विवादको समाधान शान्तिपूर्ण वार्ताबाट समाधान गर्न आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।