काठमाडौं- कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीलाई जसपाले पनि विश्वासको मत दिने भएको छ। दलको तर्फबाट बोलेकी निर्मला लिम्बुले विश्वासको मत दिने निर्णय गरिएको बताइन्।
'हामी सत्ता पक्षमा 'चेयर' गरेका छैनौँ, प्रतिपक्षमा छौँ। तर देशको संविधान र संघीयतालाई बचाउनका लागि नवनियुक्त मुख्यमन्त्रीलाई हार्दिक बधाई र शुभकामना दिँदै गठबन्धनको तर्फबाट विश्वासको मत दिने निर्णय गरेका छौँ', उनले भनिन्।
गत शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले बुधबार प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। विश्वासको मत माग्दै गरेको सम्बोधनमा उनले संविधान र संघीयताको पूर्ण कार्यान्वयनका साथै प्रदेशवासीलाई संघीयताको प्रत्याभूति गराउनका लागि आफूलाई विश्वासको मत प्रदान गर्न आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।