कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की (फाइल तस्बिर)
काठमाडौं– नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय लिएको छ। बुधबार बिहान बसेको एमालेको कोशी संसदीय दलको बैठकले सो निर्णय लिएको प्रमुख सचेतक रेवती भण्डारीले जानकारी दिए।
मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि कोशी प्रदेश सभाको बैठक केही बेरमै बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको भए पनि केही ढिलाइ भएको छ।
गत बिहीबार एमालेका ३९ र कांग्रेसका ८ सांसदको सहयोगमा कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। उनी शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए।
एमालेको सहयोगमा मुख्यमन्त्री नियुक्त भएको भए पनि कार्कीलाई केन्द्रीय सत्ता गठबन्धनले पनि अपनत्व लिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै कार्की आफूहरूको पनि मुख्यमन्त्री भएको बताएका थिए। साथै, माओवादी केन्द्र, एकीकृत समाजवादी जस्ता दलहरूले पनि कार्कीलाई विश्वासको मत दिने बताइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।