• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

संयुक्त सैन्य अभ्यासबाट किन पछि हट्याे नेपाल?

64x64
नेपाल लाइभ सोमबार, भदौ २५, २०७५  ०५:२०
1140x725

काठमाडौं– अन्ततः भारतको पुणेमा आयोजना हुने संंयुक्त सैन्य अभ्यास कार्यक्रममा नेपाल सहभागी नहुने भएको छ। बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रका सैनिकहरुबीच भदौ २५ देखि २९ गतेसम्म सैन्य अभ्यास हुने कार्यक्रम रहेको छ। 

नेपालले अंगिकार गर्दै आएको असंलग्न परराष्ट्र नीतिमा सैन्य अभ्यासले असर गर्ने भन्दै नेपालभित्रै पुणेमा आयोजना हुने सैन्य अभ्यास कार्यक्रममा नेपालको सहभागितामाथि प्रश्न उठ्न थाल्यो। अभ्यास कार्यक्रको अन्त्यमा नेपालका नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी हुने कार्यक्रम रहेको भए पनि सरकारले अन्तिम समयमा सैन्य अभ्यास कार्यक्रममा सहभागी नहुन नेपाली सेनालाई निर्देशन दिएको हो।

गत जेठ २८ गते भारतीय सञ्चार माध्यम ‘द हिन्दु’ मा दिनाकर पेरीले बिम्स्टेक क्षेत्रका सैनिकहरु काठमाडौंमा आयोजना हुने चौथो बिम्स्टेक सम्मेलनपछि भारतको पुणेमा संयुक्त सैन्य अभ्यासमा जुट्ने समाचार प्रकाशन गरेको थियो। सोही समाचारलाई आधार मान्दै नेपालका सञ्चार माध्यमहरुले पनि सैन्य अभ्यासको समाचार प्रकाशन गरे। बिम्स्टेक क्षेत्रका सैनिकहरुबीच आयोजना हुने भनिएको सैन्य अभ्यासमा खासै कसैले पनि आपत्ति जनाएका थिएनन् । तर, भदौ १४ र १५ गते काठमाडौंमा आयोजना भएको चौथो बिम्स्टेक शिखर सम्मेलनको उद्घाटन सम्बोधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिम्स्टेक क्षेत्रका राष्ट्रहरुको सैन्य अभ्यासको कुरा गरेपछि एक्कासि माहोलमा परिर्वतन आएको हो। 

विभिन्न कोणबाट सैन्य अभ्यास बारेमा टीकाटिप्पणी आउन थाले पनि नेपाल सरकारले सैन्य अभ्यासको बचाउमा यो प्राकृतिक प्रकोप जोखिम न्यूनीकरण र प्रतिआतंकवादप्रति लक्षित रहेको अभिव्यक्तिसम्म दियो। जबकी भारतीय सञ्चार माध्यमहरुले यसलाई ‘वार गेम’ को संज्ञा दिएका छन्।

सत्तारुढ घटक नेपाल कम्युनिष्ट पार्टी भित्रैका नेताहरुले सरकारको यो निर्णयप्रति असन्तुष्टि जनाउँदै सार्वजनिक अभिव्यक्ति दिए। प्रतिपक्षी दलसँगै यो घटनामा सरकारलाई आफ्नै दलका नेताहरुको अभिव्यक्तिले असमञ्जस्यमा पा¥यो। र, अन्त्यमा सरकारले सैन्य अभ्यासमा सहभागी नहुन सैनिकलाई अन्तिम समयमा निर्देशन दियो। बिम्स्टेकको कुनै पनि एजेण्डामा सैन्य गतिविधिको कुरा उल्लेख नभए पनि नेपथ्यमा यो सैन्य संगठनकै रुपमा स्थापना भएको कुरालाई भने नेपालले बिर्सनु हुँदैन। 

Ncell 2
Ncell 2
nimb
nimb

राजनीति र कूटनीतिमा सधैं व्यक्त र अव्यक्त स्वार्थहरु सुषुप्त रुपमा रहेको हुन्छ। बिम्स्टेक स्थापनाको व्यक्त स्वार्थ, क्षेत्रगत विषयमा स्वार्थ मिल्ने राष्ट्रहरुबीच सहकार्य गर्ने समूहको रुपमा यसको स्थापना भएको हो। यस्तै यसको अव्यक्त स्वार्थको रुपमा सैन्य गठबन्धन रहेको छ। बिम्स्टेक सैन्य गठबन्धनको आलोकमा स्थापना भएको यसको स्थापनाको इतिहासले बताउँछ।

बिम्स्टेक १९९० मा सोभियत संघको विघटनपछि स्थापना भएको हो। भारतले असंलग्न राष्ट्रहरुको नेतृत्व गरे पनि सोभियत संघको विघटन अघिसम्म भारत सोभियत संघको सुरक्षा छाताभित्र रहेको देश थियो भन्दा फरक नपर्ला। सोभियत संघको विघटनपछि भारतलाई क्षेत्रीय सुरक्षामा आफ्नो प्रभूत्व कायम राख्न कुनै अर्को सुरक्षा संयन्त्रमा रहनु आवश्यक थियो। भारत र पाकिस्तानको स्थापनाकालदेखिको शत्रुता र पाकिस्तानलाई अमेरिकी सहयोग र ढाडसले गर्दा भारतलाई भरपर्दो सुरक्षा संयन्त्रको खाँचो थियो। शीतयुद्धकालीन समयमा भू–राजनीतिक अवस्थाले गर्दा पनि अमेरिकालाई पाकिस्तानसँगको मित्रता कायम राख्नु थियो। पाकिस्तानसँगको मित्रता तोडेर सिधै अमेरिका भारतसँग नजिकिने सम्भावना त्यो समयमा थिएन। बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर राख्दै भारतले आसियान देशहरुसँग सम्बन्ध बढाउँदै बिम्स्टेक स्थापनासम्मको रणनीति अपनाएको विश्लेषकहरुको बुझाइ छ। आसियान राष्ट्रसँग अमेरिकाको राम्रो सम्बन्धले गर्दा भारतलाई आसियान राष्ट्रसँग सम्बन्ध विस्तारको प्रेरणा मिलेका हो।

अर्कोतर्फ बिम्स्टेक स्थापनाको कालखण्डलाई अध्ययन गर्ने हो भने १९९७–१९९८ मा आसियान राष्ट्रहरुमा आर्थिक संकटको अवस्था थियो। भारत जस्तो घना जनसंख्या भएको मुलुक र दक्षिण एसियाको बजार अर्थतन्त्रलाई आकर्षित गर्न आसियान राष्ट्रहरुलाई दक्षिण एसियासँग राम्रो सम्बन्ध विस्तार गर्नु आवश्यक थियो। यही परिप्रेक्ष्यमा भारतको ‘लुक इष्ट’ नीति र थाइल्याडको ‘लुक वेष्ट’ नीतिको एकीकरणको रुपमा बिम्स्टेक स्थापना भएको थियो। 

Xtrem
Xtrem

बिम्स्टेक स्थापनामा बाहिरी एजेण्डा क्षेत्रगत विषयमा सहकार्य गर्ने उल्लेख भए पनि यसको गर्वमा सुरक्षा चासो रहेको छ। सार्कलाई निरुत्साहित गर्दै भारतले बिम्स्टेकलाई अघि बढाउनु र सैन्य अभ्यासको प्रस्ताव गर्नुले यसको भेद खोल्न सहयोग गर्छ। सार्कमा पाकिस्तानका कारण आफ्नो एकल प्रभूत्व स्थापना गर्न नसकेको भारतले पाकिस्तान एक्ल्याउँदै स्थापनाको २१ वर्षसम्म चलायमान नरहेको यो संगठनलाई पुनः ताजगी गर्ने प्रयास गरेको हो। 

विश्व शक्तिराष्ट्रको होडमा रहेको भारतलाई क्षेत्रीय रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आवश्यक छ। जुन सार्कका माध्यमबाट हासिल गर्र्न भारतलाई गाह्रो छ। गह्रो यस कारण पनि छ कि, पाकिस्तान सजिलै भारतको नेतृत्व स्वीकार गर्ने पक्षमा रहँदैन। अर्कोतर्फ सार्कका सदस्य राष्ट्रहरु नै सार्कमा चीनको उपस्थितिलाई आवश्यक महसूस गर्दै चीनलाई सार्कको सदस्यता दिनुपर्ने वकालत गर्छन्। यस्तो अवस्थामा भारतको क्षेत्रीय नेतृत्वको सपनामाथि तुषारापात हुने भएकाले भारत सार्कको सट्टामा बिम्स्टेकलाई अघि बढाउने मनसायका साथ अघि आएको छ। 

सन् २०१६ मा भारतको गोवामा भएको ब्रिस राष्ट्रहरुको सम्मेलनमा भारतकै प्रयासमा ब्रिस–बिम्स्टेक राष्ट्रहरुबीच ‘आउट रिच’ कार्यक्रमको आयोजना गरिएको थियो। यो लगत्तै भारतले २०१७ को मार्च महिनामा पहिलो बिम्स्टेक सदस्य राष्ट्रहरुका राष्ट्रिय सुरक्षा प्रमुखहरुको बैठक नयाँदिल्लीमा आयोजना गरेको थियो। प्रतिआतंकवादलाई प्रमुख एजेण्डा बनाएको त्यो बैठकले सोहीसम्बन्धी महासन्धि कार्यान्वयन गर्ने विषयमा छलफल गर्‍यो। नेपाल र भुटानबाहेक बिम्स्टेकका सबै राष्ट्रहरुले सो महासन्धिलई अनुमोदन गरिसकेका छन्। 

यसले भारत क्षेत्रीय हिसाबमा सैन्य गठबन्धन निर्माण गर्न हर–सम्भव प्रयास गरिरहेको देखाउँछ। त्यही प्रयासअन्र्तगत बिम्स्टेक सदस्य राष्ट्रहरुबीचको सैन्य अभ्यासको परिकल्पना नआएको होला भन्न सकिंदैन। क्षेत्रीय सैन्य गठबन्धन निर्माण गर्दै भारत विश्व समुदायमा आफ्नो ‘बार्गेनिक पावर’ बढाउन प्रयास त गरिरहेको छैन? असंलग्नताको नीतिलाई आफ्नो परराष्ट्रनीतिको मूल मन्त्र मान्ने नेपाल जस्तो देशले यस्ता क्षेत्रीय स्वार्थमा आफ्नो अस्तित्व सुम्पिनु श्रेयकर हुँदैन। आगामी दिनमा पनि आउनसक्ने यस्ता प्रपञ्चमा नेपाल नपरेकै राम्रो।
 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०७५  ०५:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश बिहीबार, असोज ८, २०८३
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने बिहीबार, असोज ८, २०८३
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ? बिहीबार, असोज ८, २०८३
मंसीर पहिलाे साता प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमण जाने तयारी बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्