काठमाडौं– नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरले सोमबार विदेशमन्त्री एनिकेन हुइटफेल्टलाई शेयर खरिद प्रकरणमा बर्खास्त गरेका छन्।
लामो समयदेखि स्टोरकी संरक्षक मानिएकी हुइटफेल्टले सन् २०२१ मा विदेशमन्त्री बनेपछि आफ्ना पतिले ‘पहिले विश्वास गरेभन्दा धेरै ठूलो परिमाणमा’ सेयर किनेको स्वीकारेकी थिइन्।
युक्रेनमा जारी युद्धबीच नर्वेली राज्यसम्झौताबाट लाभ उठाएको रक्षा समूह कोङ्सबर्ग ग्रुपमा गरिएको लगानीले सम्भावित स्वार्थको द्वन्द्वबारे प्रश्न उठाएको थियो।
‘मेरो निष्पक्षतासँग जोडिएको गल्तीका लागि म क्षमा याचना गर्दछु,’ ५३ वर्षीय लेबर मन्त्रीले भनिन्।
संसदीय समितिले यस विषयमा छानबिन सुरु गरेको छ। यद्यपि प्रहरीले भने अनुसन्धानको आवश्यकता नरहेको बताएको छ।
स्टोरले पत्रकारहरूसँग कुरा गर्दै भने, “शेयर खरिद र बिक्रीको मुद्दा उहाँको बहिर्गमनको एक कारण हो तर यो एक मात्र होइन, यो एक ‘कठिन निर्णय’ थियो।’
प्रधानमन्त्रीले सेप्टेम्बरको सुरुमा भएको स्थानीय चुनावमा आफ्नो लेबर पार्टीको खराब प्रदर्शनले देखाएको मतदाताको अविश्वासले पनि भूमिका खेलेको बताए।
‘म एनिकेनको सन्दर्भमा के भन्न सक्छु भने आफ्नो पतिको शेयर व्यापारको बारेमा उहाँलाई थाहा थिएन’, उनले भने।
राजनीतिक विश्लेषकहरूका अनुसार, हुइटफेल्टको बहिर्गमनले स्टोरलाई सोलबर्गविरुद्ध आक्रमणमा जान सजिलो बनाउने र सन् २०२५ को चुनावमा सत्ता पुनः प्राप्त गर्ने उनको सम्भावनालाई कम गर्ने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।