काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेशमा आएको समस्या कांग्रेस सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाको कमजोरीका कारण भएको बताएका छन्।
सोमबार पार्टी सभापति शेरबहादुर देउवासँग धुम्बाराहीमा पार्टी उपसभापति र महामन्त्रीहरुको छलफलपछि कुरा गर्दै उनले यस्तो बताएका हुन्।
उनले बैठकमा पार्टी सभापति र नेता कोइरालाको कमजोरीका बारेमा केलाएको बताए। उनले गठबन्धनमा प्रतिबद्ध छौं भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल, सभापति देउवा र नेता कोइरालाले बालुवाटारमा गरेको हस्ताक्षरयुक्त विज्ञप्तिप्रति आफूहरुको विमति रहेको बताए।
उनले गठबन्धनप्रति प्रतिबद्धता खोजिएको हो भने डा शेखर कोइरालाले एक्लै वक्तव्य दिँदा पुग्ने अवस्थामा प्रधानमन्त्री र पार्टी सभापति देउवाको प्रतिबद्धता राम्रो नभएको बताए।
कांग्रेसले संयमताका साथ कोशी प्रदेशको समस्याको हल खोज्ने उनको भनाइ छ। महामन्त्री शर्माले केदार कार्कीलाई कांग्रेसले विश्वासको मत दिनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।