काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले कोशी प्रकरणपछि उप–सभापति र महामन्त्रीहरुसँग छलफल गर्ने भएका छन्। देउवाले उप–सभापति र महामन्त्रीहरुलाई सोमबार दिउँसो छलफलका लाागि बोलाएका छन्।
कोशीमा संस्थापनको निर्णयविरुद्ध एमालेसँग मिलेर कांग्रेस सांसद केदार कार्की मुख्यमन्त्री बनेका छन्। सो घटनाले कांग्रेसको आन्तरिक राजनीतिमा तरंग ल्याएको छ। सोही विषयमा छलफल गर्न सभापति देउवाले शीर्ष नेताहरुलाई डाकेको बैठकमा सहभागी हुनगइरेहका एक नेताले बताए।
यस्तै, आजै पूर्णबहादुर खड्का नेतृत्वको महासमिति बैठक तयारी समितिको पनि बैठक बस्दैछ। सभापति देउवाले सो विषयमा पनि छलफल गर्न सक्ने ती नेताले बताए।
आजको बैठकमा उप–सभापति खड्का र महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा सहभागी हुँदैछन्। अर्का उप–सभापति तथा सरकारका कानुनमन्त्री धनराज गुरुङ भने विदेशमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।