• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत १, २०८२ Sun, Mar 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

बालुवाटारमा ‘झक्कड थापा’

64x64
नेपाल लाइभ सोमबार, भदौ २५, २०७५  ०२:४५
1140x725

क्षमता पनि नचाहिने, सीप पनि नचाहिने। प्रतिभा नभए पनि हुने, कठोर साधना पनि नगरे हुने। गुदी होस् नहोस्, बोक्रा ‘भाइरल’ भएमा खुदो पल्टिने। 

झापातिर एउटा गरिब फुच्चे धोत्रो स्वरमा मार्मिक गीत गाउँदै यसो दुई-चार पैसा माग्दै हिँड्थे। कसैले भिडियो खिचिदिएछ। उनी रातारात भाइरल भए। र, आज ‘अशोक दर्जी’का रुपमा सेलिब्रिटी नै बन्न पुगेको छन्।

नेपाल आइडलको पहिलो सिजनमा बेसुरा गाएर चर्चामा आएका झक्कड थापा कुन हदसम्म भाइरल भए भने आइडलवालाहरुले उनलाई दोस्रो सिजनमा शुक्रबार अतिथिकै रुपमा डाक्नुपर्‍यो। यसैगरी आइडलकै अर्का बेसुरा गायक नरेश पातली पनि यतिबेला ‘भाइरल’ हुनुको लाभ लिइरहेका छन्। 

भाइरल अर्थात् हल्ला। युट्युब च्यानलहरुले सिर्जना गरेको लोकप्रियताको नयाँ मापदण्ड। चिज उम्दा हो कि हैन, मतलब भएन, तर कसोकसो तपाईं भाइरल हुनुस्, सारा संसार तपाईंको पछि दौडन्छ। परार साल यस्तै भाइरल ज्वरोको सिकार भएकी थिइन्, कुसुम श्रेष्ठ अर्थात् ‘तरकारीवाली’। त्यसबेला तरकारीवालीको ख्याति निकै चुलिएको थियो। सुमन खरेलको कार्यक्रमदेखि नेपाल टेलिजिभनको टक शोमासमेत तरकारीवालीको अन्तर्वार्ता लिइएको थियो। 

एकाध म्युजिक भिडियो र एउटा फिल्ममा देखापरेकी तरकारीवाली अचेल गुमनाम छिन्। उनको भाइरल ट्रेन्डिङ धेरै घटिसकेको छ। भाइरल सिन्ड्रोमको लक्षण नै यही हो, ह्वात्तै हल्ला हुने, ह्वात्तै सेलाउने। मिडियाको यो ‘भाइरल’ ज्वरो पनि मौसम परिवर्तन हुने बेला मानिसमा संक्रमण हुने भाइरल इन्फेक्सनजस्तै हुँदो रहेछ। चिकित्सकका अनुसार भाइरल इन्फेक्सनले एक सातासम्म मात्र शरीरलाई दुःख दिन्छ। एन्टिबायोटिक नखाई तातोपानी मात्र खाएर बस्ने हो भने व्यथा आफैं हराएर जान्छ। अर्थात् शरीरमा भाइरल इन्फेक्सनबाट हुने रुघाखोकी र ज्वरो दीर्घकालसम्म रहँदैन। युट्युबको भाइरल ट्रेन्ड पनि त्यस्तै हो। ह्वात्तै कोही रातारात हिट हुन्छ, विस्तारै त्यो भाइरल ज्वरो सेलाउँदै जान्छ। 

अहिलेको सत्ता गठबन्धन विगतमा राम्रो काम गरेर, जनतामाझ समृद्धिको भरपर्दो आशा जगाएर, नैतिक र चारित्रिक रुपमा इमानदार र परिशुद्ध भएर जनतामाझ ‘हिट’ भएको हैन, राष्ट्रियताको ‘बेसुरा राग’ गाएर भाइरल भएको हो, नरेश पातलीको बेसुरा सरगमझैं। 

संगीत, कला, चलचित्र, नाटक, हास्यरसमा मात्र हैन, राजनीतिमा पनि अचेल ‘भाइरल सिन्ड्रोम’ देख्न पाइन्छ। जस्तै, अहिलेको ओली सरकार पनि एउटा ‘भाइरल सरकार’ नै हो। जसरी झक्कड थापा र नरेश पातलीहरु रातारात भाइरल भए र अचेल ‘भद्रगोल सिरियल’मा अभिनय गर्न थालेका छन्, ठिक त्यसैगरी माके र एमालेको एकतापछि बनेको नेकपा पनि ‘भाइरल’ भएर सत्तामा पुगेको हो। 

कुनै पनि व्यक्ति, गीत, चलचित्र या राजनीतिक दल भाइरल हुनुका पछाडि केही न केही फण्डा अवश्य हुन्छ । झक्कड थापा र नरेश पातलीको फण्डा भनेको बेसुरा गाउनु हो। यो संसारमा या त राज सिग्देलजस्ता पर्फेक्ट सुरमा गाउने कलाकारको भाउ छ, या नरेश पातलीजस्ता पर्फेक्ट बेसुरा गाउनेको । बीचका पेन्डुलमहरुको कुनै काम छैन। 

Ncell 2
Ncell 2

ओली सरकार भाइरल हुनुको मुख्य कारणचाहिँ राष्ट्रवादी फण्डा हो। भारतले नाकाबन्दी लगाइदिएपछि ओलीले त्यसको विरोधमा दुई-चार वटा उखानटुक्का के बोलेका थिए, उनी रातारात भाइरल भइहाले। महाकाली सन्धिदेखि प्रतिगमन आधा सच्याउनेसम्मका हर्कतका कारण बदनाम र गुमनाम अवस्थामा पुगेको एमाले र कमरेड ओलीको खाँडो त्यसबेलादेखि नै जागेको हो। भारत विरोधी सेन्टिमेन्टलाई भजाएर रातारात भाइरल भएका कमरेड ओलीले आफ्नो भाइरल व्यक्तित्वलाई नभजाउने कुरै थिएन। गएको चुनावमा मजैले भजाए। राष्ट्रियताको यो भाइरल रागलाई भजाउने मामिलामा माकेका अध्यक्ष प्रचण्ड पनि पछि परेनन्, उनले आफ्नो पार्टीलाई नै ‘भाइरल ग्याङ’मा समाहित गराए। ‘वाम गठबन्धन’को नयाँ फण्डा पनि भाइरल भयो, जसले वामपन्थीहरुलाई सत्तामै पुर्‍यायो र, यतिबेला मुलुकमा ओली नेतृत्वको ‘भाइरल सरकार’ छ। 

झक्कड थापा अचेल विभिन्न च्यानलहरुमा अन्तर्वार्ता दिइरहेका भेटिन्छन्। नरेश पातली पनि आधुनिक गेटअपमा कुनै नायकझैं अन्तर्वार्ता दिइरहेका देखिन्छन्। आफ्नो बेसुरापनमा सारा जगत् हाँसिरहेको, आफ्नो अक्षमताको आम उपहासकै कारण आफू भाइरल भएको र आफ्नो ख्याति असक्षमताको जगमा चुलिएको भन्ने कुराको कुनै बोध नभएझैं यी दुई ‘भाइरल भाइ’हरु विजयी मुद्रामा मिडियामा प्रकट भइरहेका छन्। प्रधानमन्त्री ओलीले जनतासँग प्रधानमन्त्री र अन्य टेलिभिजन शोहरुमा प्रदर्शन गर्ने दुई तिहाइको दम्भ पनि झक्कड र पातलीको फुर्तीफार्तीभन्दा खासै भिन्न छैन। 

झक्कड थापा र नरेश पातली हुन् या आजका सत्तारुढ गठबन्धन, उनीहरु भाइरल हुनुसँग साधना, त्याग, समर्पण र लगावको कुनै साइनो छैन। क्षमताबिना रातारात भइरल भएर त्यसको लाभ लिनु भनेको राफल चिठ्ठा परेसरह हो, बिनामिहिनेत र श्रमको पैसा कमाएसरह हो । आखिर कमरेड ओलीलाई पनि त सत्ताको चिठ्ठै परेको हो। 

आज जसलाई हामी परिवर्तनका एजेण्डा भनिरहेका छौं, ती एजेण्डा खासमा माओवादीले नै अघि सारेको हो। गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समावेशिता आदि माओवादी ‘जनयुद्ध’पछि ज्वलन्त भएका एजेण्डा हुन्। 

२०६२/०६३ को जन आन्दोलनमा पनि ओलीको खासै सक्रिय भूमिका देखिएन। अग्रपंक्तिमा झलनाथ खनाल, वामदेव गौतम र माधव नेपालहरु थिए। माओवादीसँग वार्ता गर्ने र १२ बुँदे समझदारीको वातावरण बनाउने काममा एमालेका यिनै नेताहरुको भूमिका थियो। कमरेड ओलीचाहिँ संघीयता, धर्म निरपेक्षता र गणतन्त्रकै पक्षमा थिएनन्। दोस्रो संविधानसभाको निर्वाचन भइसकेपछि सानेपास्थित सिद्धार्थ कटेजमा आयोजित साप्ताहिक सञ्जालका पत्रकारहरुको भेलामा ओलीले ‘विदेशी छौंडाहरुले संघीयता लादेर देशमा विखण्डनको विजारोपण गरे’ भनेकै हुन्। 

सत्तामा आसन जमाइरहेका ‘झक्कड थापा’हरुमा नैतिकता, इमान र जनताप्रतिको उत्तरदायित्व भाव पटक्कै देखिंदैन। 


परिवर्तनका एजेण्डाप्रति न त लगाव, न आजको दिन ल्याउनका लागि कुनै सार्थक योगदान। अर्थात् न त शास्त्रीय संगीतको ज्ञान, न लामो सुर साधना । जसरी झक्कड थापा बेसुरा गाएर रातारात भाइरल भए, कमरेड ओली पनि नेपाली राजनीतिमा सत्ता स्वार्थको गणितको खेलमा एकाएक भाइरल भए। भाइरल भइसकेपछि सारा संसार उनकै पछाडि दौडँदो रहेछ। भारतदेखि चीनसम्म, प्रचण्डदेखि उपेन्द्रसम्म अचेल ओलीको भाइरल ट्रेन्डिङ भजाउन उद्यत छन्। अशोक दर्जीको भाइरल ट्रेन्डिङ भजाउन टंक बुढाथोकीहरु लागेझैं ओलीको भाइरल ट्रेन्डिङबाट गएको चुनावमा प्रचण्डले समेत लाभ लिए। 

भाइरल ट्रेन्डिङ सदा टिकाउ हुँदैन। चाइनिज मालझैं यो केही समय ह्वात्तै बढ्छ अनि विस्तारै सेलाउँदै जान्छ। जगैदेखि बलियो, साधनाले खारिएको र सक्षम कलाकार लामो समयसम्म टिक्छन्, भाइरल तत्वहरु पानीको फोकासरह हुन्छन्। अहिलेको सत्ता गठबन्धन विगतमा राम्रो काम गरेर, जनतामाझ समृद्धिको भरपर्दो आशा जगाएर, नैतिक र चारित्रिक रुपमा इमानदार र परिशुद्ध भएर जनतामाझ ‘हिट’ भएको हैन, राष्ट्रियताको ‘बेसुरा राग’ गाएर भाइरल भएको हो, नरेश पातलीको बेसुरा सरगमझैं। 

नेपालीको चेतनामा अझै पनि स्वनिर्णय संस्कारको विकास हुन सकेको छैन। हाम्रो दिमागलाई भिडले नियन्त्रण गर्छ। स्वविवेक र स्वनिर्णयको अभावमा कमसल चिजको ख्याति हुन्छ, उम्दा चिज छायाँमा पर्छ। राष्ट्रियताको बेसुरा नक्कली रागको पोल त केही साताअघि जनकपुरमा खुलिसकेकै हो, बिम्स्टेक सम्मेलनका क्रममा झन मजाले खुल्यो। झक्कड थापा र नरेश पातली बेसुरा भए पनि उनमा निर्दोषपन र इमानदारिता झल्कन्छ, कुनै आडम्बर, ढोँग र पाखण्ड छैन। तर, सत्तामा आसन जमाइरहेका ‘झक्कड थापा’हरुमा नैतिकता, इमान र जनताप्रतिको उत्तरदायित्व भाव पटक्कै देखिंदैन। 

अचेल यो भाइरल सरकार ट्रेन्डिङ सूचीबाट धेरै तल झरिसकेको छ। सायद यही कारण सत्तारुढ दलका अध्यक्ष प्रचण्ड भाइरल हुने नयाँ फण्डाको खोजी गर्दै भारत भ्रमणमा गएका हुन सक्छन्, उनी चीन पनि जाँदैछन्। ओलीको भाइरल ट्रेन्डिङ घटिसकेकाले अब भाइरल हुने पालो प्रचण्डको त हैन?

प्रकाशित मिति: सोमबार, भदौ २५, २०७५  ०२:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कार्की आयोगको पूरा प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन
चुनावको समीक्षा प्रतिवेदन पठाउन कांग्रेसको निर्देशन
वनस्थलीमा रास्वपाको सचिवालय बैठक सुरु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कार्की आयोगको पूरा प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन आइतबार, चैत १, २०८२
चुनावको समीक्षा प्रतिवेदन पठाउन कांग्रेसको निर्देशन आइतबार, चैत १, २०८२
वनस्थलीमा रास्वपाको सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
ग्यास अभावमा उपभोक्ता र वितरक दुवैतर्फको थुपार्ने मानसिकता जिम्मेवार : सचिव बुर्लाकोटी आइतबार, चैत १, २०८२
रविको मुद्दा फिर्ता निर्णयविरुद्धको पेसी सुवेदी र पोखरेलको इजलासमा आइतबार, चैत १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
कार्की आयोगले ओलीलाई दोषी देखाए मुलुक द्वन्द्वमा जाने महेश बस्नेतको चेतावनी शनिबार, फागुन ३०, २०८२
कांग्रेसले समानुपातिकतर्फका सांसदको नाम आइतबार टुंग्याउने शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको स्वास्थ्य अवस्थाका कारण रास्वपाको सचिवालय बैठक सर्‍यो शनिबार, फागुन ३०, २०८२
रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा आइतबार, चैत १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
भारत टी–२० विश्वकप च्याम्पियन आइतबार, फागुन २४, २०८२
८ निर्वाचन क्षेत्रको समानुपातिक मतगणना बाँकी, कहाँ कहाँ सकियो मतगणना ? सोमबार, फागुन २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्