काठमाडौं– उत्तरी अफगानिस्तानको बागलान प्रान्तको राजधानीमा रहेको एक मस्जिदमा भएको विस्फोटमा ७ जनाको मृत्यु भएको छ।
साथै अन्य १७ जना घाइते भएका छन्। पुल ए खुमरी सहरमा रहेको मस्जिदभित्र जुमाको मस्जिद पढ्न गएका बेला विस्फोट भएको थियो।
मृतकको संख्या अझै बढी रहेको स्थानीयहरुको भनाइ छ। घटनाको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।