काठमाडौं– न्यूजिल्यान्डको आम निर्वाचनमा सेन्टर-राइट नेशनल पार्टीले जित दर्ता गरेको छ। पार्टीले पछिल्लो ६ वर्ष सत्तामा रहेको लेबर पार्टीलाई हराएर जित सुनिश्चित गरेको हो।
देशको आगामी प्रधानमन्त्री क्रिस्टोफर लक्सन हुनेछन्। लक्सनको भनाइ छ, ‘सरकार बनाउनका लागि हाम्रो पार्टी दक्षिणपन्थी एसीटी पार्टीसँग गठबन्धन गर्नेछ।’
लक्सनले जितपछि आफूले न्यूजिल्यान्डका सबै नागरिकका लागि काम गर्ने बताएका छन्। उनले अर्थव्यवस्था फेरि उँभो लगाउने समेत प्रतिबद्धता जनाएका छन्।
यही वर्षको सुरुवातमा न्यूजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले आफ्नो पदबाट राजीनामा दिएकी थिइन्। उनीपछि लेबर पार्टीका क्रिस हिपकिन्सलाई कार्यबहाक प्रधानमन्त्री बनाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।