काठमाडौं– अफगानिस्तानमा फेरि अर्को भूकम्प गएको छ। केही दिनको अन्तरालमा पश्चिमी अफगानिस्तानमा २ वटा ठूला भूकम्प गएको हो। यसअघि गत शनिबार गएको भूकम्पका कारण १ हजारभन्दा धेरै नागरिकको मृत्यु भएको थियो।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार हेरात शहर नजिकै ६.३ म्याग्निच्युडको भूकम्प गएको हो। पछिल्लोपटक गएको भूकम्पको तीव्रता ६.३ म्याग्निच्यूड मापन भएको छ। शनिबार पनि ६.३ म्याग्निच्यूडको भूकम्प गएको हो।
पछिल्लोपटकको भूकम्पले कुनै हताहत भएको खबर आएको छैन। यसअघिको भूकम्पमा ज्यान गुमाउनेमा ९० प्रतिशतभन्दा बढी महिला र बालबालिका रहेको राष्ट्रसंघको बाल निकाय युनिसेफले जनाएको छ।
यूएसजीएसले पछिल्लो भूकम्पको केन्द्रबिन्दु इरानको सीमा नजिक रहेको अफगानिस्तानको तेस्रो ठूलो सहर हेरातबाट ३० किलोमिटर उत्तर-पश्चिममा रहेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।