काठमाडौं– अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका पाइलट निश्चल केसीसहित ६ जनाको शव काठमाडौं ल्याइएको छ। पोस्टमार्टमका लागि शवलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।
आइतबार बिहान ४ वटा हेलिकोप्टरमार्फत शव काठमाडौं ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिष्य विमानस्थलमा महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए। हेलिकोप्टर दुर्घटना भएको ठाउँबाट आइतबार मात्रै सुरक्षाकर्मी र स्थानीयको सहयोमा शव नुवाकोटको विदुर ल्याइएको थियो।
जहाज दुर्घटनामा पाइलट केसी, जापानी नागरिक हिरोमी कोमात्सु, रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङको ज्यान गएको थियो। जहाज दुर्घटनामा बाँच्न सफल आनी डोल्मा डिकीलाई भने शनिबार नै उपचारका लागि काठमाडौं ल्याएको थियो।
शनिबार बिहान गोरखाबाट उडेको हेलिकोप्टर करिब ६ घन्टापछि दुर्घटनाग्रस्त अवस्थामा नुवाकोटको मेधाङ गाउँपालिकका १ मैलुङपाखाको जंगलमा फेला परेको थियो। हेलिकोप्टर करिब ५ हजार ५ सय फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।