रसुवा– रसुवामा सोमबार साँझ भएको मिनी ट्रक दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। आमाछोदिङ्मो गाउँपालिका–२ नेशिङ खोलामा मिनी ट्रक दुर्घटना भएको थियो।
नेशिङबाट आलु बोकेर ग्रे गाउँतर्फ जाँदै गरेको बा ५ ख नम्बरको आयसर मिनी ट्रक साँझ ५:४५ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख सुवास बुढाथोकीले जानकारी दिए।
दुर्घटनामा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको हो।
३ जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए। ट्रक सडकबाट करिब २०० मिटर तल खसेको थियो।
दुर्घटनामा अन्य ५ जना घाइते भएका थिए। १ जनाको खुट्टा भाँच्चिएकाले जिल्ला अस्पताल रसुवामा उपचार भइरहेको अन्य ४ जना सामान्य उपचारपछि घर फर्किएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।