काठमाडौं– एकीकृत समाजवादीका सांसद किसनकुमार श्रेष्ठले इजरायलमा रहेका नेपालीको तुरुन्त उद्धार गर्न आग्रह गरेका छन्। सांसद श्रेष्ठले परिस्थिति अनुसार उद्धार गर्न परराष्ट्रमन्त्रीलाई इजरायल पठाउन पनि आग्रह गरेका छन्।
सोमबारको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले उक्त कुरा बताएका हुन्। सोमबारै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोनमार्फत् त्यहाँ रहेका नेपाली विद्यार्थीसँग संवाद गरेका थिए। सोही विषयलाई लक्षित गर्दै सांसद श्रेष्ठले प्रधानमन्त्रीलाई सचेत गराएका हुन्।
‘फोन वार्ता गरेर मात्र भएन, सकिन्छ भने परराष्ट्रमन्त्रीलाई तुरुन्तै इजरायल पठाएर उद्धार गरौं। खाना नपाएको अवस्था पनि छ। यस्तो अवस्थामा उनीहरुलाई बचाउने र तुरुन्त नेपाल फर्काउने पहल गर्न आग्रह गर्छु,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।