काठमाडौं– नेकपा एमाले निकट विद्यार्थी सगठन अनेरास्ववियुले इजरायलमा रहेका नेपाली नागरिकहरुको सुरक्षाका लागि संयुक्त राष्ट्रसंघलाई ध्यानाकर्षण गराएको छ।
सोमबार नेपालस्थित संयुक्त राष्ट्र संघको आवासीय संयोजकको कार्यालयमा पुगेर अनेरास्ववियुले लिखित रुपमा ध्यानाकर्षणपत्र बुझाएको अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले जानकारी दिए।
अनेरास्ववियुले हालै इजरायलमा भएका आक्रमणका कारण दश जना विद्यार्थी र नेपाली नागरिकको ज्यान गएको र हाल बेपत्ता भएका एकजनाको सम्बन्धमा गम्भीर र दबाबपूर्ण ध्यानाकर्षण उनले बताए।
अनेरास्ववियुले ११ जना हाल सम्पर्कविहीन भएकाले उनीहरुको अवस्था अनिश्चित भएको उल्लेख गर्दै इजरायलमा हेरचाहकर्ताको रूपमा सेवा गरिरहेका स्वास्थ्यकर्मी र बेपत्ता नेपालीहरूको सुरक्षा तथा स्वास्थ्य अवस्था सुनिश्चित गर्न र घाइतेहरूलाई आवश्यक सहयोग उपलब्ध गराउन माग गरेको छ।
![387525403_835514404975491_7546841942308659073_n1696844470.jpg](https://nepallive.net/uploads/posts/387525403_835514404975491_7546841942308659073_n1696844470.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।