काठमाडौं- कीर्तिमानी आरोही तेन्जेन शेर्पा तिब्बतको शिशापाङ्गामा हिमालको हिमपहिरो परी बेपत्ता भएका छन्।
विश्वका ८ हजार भन्दा बढी उचाईका १४ हिमाल सबैभन्दा छिटो आरोहण गरेका उनी शनिबार शिशापाङ्मा आरोहण गर्ने क्रममा बेपत्ता भएका हुन्।
उनीसँगै अमेरिकी आरोही गिना पनि बेपत्ता रहेकी छिन्। अर्का नेपाली आरोही मिङ्मार शेर्पा र अमेरिकी आरोही आना गुटुको उक्त हिमपहिरोमा परी असोज २० गते मृत्यु भएको पर्यटन मन्त्रालयले जनाएको छ।
यसैगरी कर्मा ग्याल्जेन शेर्पा, मित्रबहादुर तामाङ र कामिरिता शेर्पा घाइते भएको मन्त्रालयले विज्ञप्तिमार्फत् उल्लेख गरेको छ।
नेपाली पथप्रदर्शक तेन्जेन शेर्पा (लामा) र नर्वेकी महिला आरोही क्रिस्टिन हेरिलाले ९२ दिनमा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए।
त्यसअघि उक्त किर्तिमान निर्मल पुर्जाको नाममा थियो। उनले १८९ दिनमा यो कीर्तिमान बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।