काठमाडौं– नेकपा एमालेले इजयायलमा रहेका नेपालीहरुलाई तत्काल उद्धार गरी स्वदेश फर्काउन माग गरेको छ।
सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले एक वक्तव्य जारी गर्दै हमासको आक्रमणपछि इजरायलमा रहेका नेपालीहरुमध्ये घाइते भएकाहरुको तत्काल उपचार, अप्ठ्यारोमा परेकाहरुलाई उद्धार तथा नेपाल फर्किन चाहेकाहरुलाई स्वदेश फर्काउन सरकारसँग माग गरेका छन्।
यस्तै उनले ज्यान गुमाएकाहरुको शव स्वदेश ल्याएर परिवारलाई बुझाउने सुनिश्चितताको माग पनि उनले गरेका छन्। वक्तव्यमा ओलीले भनेका छन्, ‘घटनामा परी घाइते हुनुहुनेहरुको तत्काल उपचार, अफ्ठ्यारोमा परेकाहरुलाई उद्धार तथा ज्यान गुमाउनुहुनेहरुको शव स्वदेश ल्याई परिवारलाई बुझाउने सुनिश्चितताका लागि सरकारसँग जोडदार माग गर्दछु।’
साथै उनले निर्दोष नागरिक, वृद्धवृद्धा र बालबालिकाको हत्या र अपहरणजस्ता अमानवीय कार्यले प्यालेस्टिनी जनताले उठाउँदै आएको समाधान नहुने बताएका छन्।
1696843186.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।