काठमाडौं– काठमाडौं महानगरपालिकाले दसैं, दिपावली, नेपाल संवत् ११४४ तथा छठ पर्वको अवधिभर धरहरा क्षेत्रभित्र रहेको भूमिगत पार्किङलाई नि:शुल्क बनाएको छ।
महानगरपालिकाले असोज २१ गते आइतबारदेखि धरहरा भूमिगत पार्किङ स्थलमा नि:शुल्क अस्थायी पार्किङ सञ्चालन गरेको जनाएको छ।
उक्त क्षेत्रमा नि:शुल्क पार्किङको व्यवस्था गरेसँगै सुनधारा लगायतका क्षेत्रमा दसैंका लागि किनमेल गर्न आउने ग्राहकहरुलाई सहज हुने महानगरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।