सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह (फाइल तस्बिर)
धनगढी– प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २ लाख रुपैयाँ राहत दिने भएको छ।
सोमबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री कमल बहादुर शाहले ज्यान गुमाएका सुदूरपश्चिमका विद्यार्थीहरूका परिवारलाई २ लाख रुपैयाँ उपलब्ध गराउने बताएका छन्।
मुख्यमन्त्री शाहले हस्ताक्षर गरेको विज्ञप्तिमा इजरायलबाट शव ल्याउन सहजीकरण गरिदिन संघीय सरकारलाई अनुरोध गरिनुका साथै ज्यान गुमाउनेका परिवारलाइ रकम दिने जनाइएको छ।
शनिबार बिहान हमास समूहले इजरायलमा आक्रमण गरेको थियो। जसमा १० जना नेपालीको ज्यान गएको थियो। ज्यान गुमाउनेमध्ये ७ जना सुदूरपश्चिम प्रदेशका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।