काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इजरायलमा रहेका नेपालीहरुको उद्धार तथा स्वदेश फिर्ता ल्याउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्।
आइतबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले इजरायलका विभिन्न ठाउँमा भएको आक्रमणमा परी करिब एक दर्जन नेपालीहरु घाइते भएको र केही नेपालीलाई नियन्त्रणमा लिएको घटनाप्रति ध्यानाकर्षण भएको भन्दै उद्धारका लागि अनुरोध गरेका हुन्।
उनले भनेका छन्, ‘मित्रराष्ट्र इजरायलका विभिन्न स्थानहरूमा भएको आक्रमणमा परी करिब एक दर्जन घाइते र आक्रमणकारीबाट केही नेपालीलाई कब्जामा लिइएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ र यस घटनाको भर्त्सना गर्दै गहिरो चिन्ता प्रकट गर्दछ।’
इजरायलमा विभिन्न कारणले बसोबास गर्दै आएका नेपालीहरूको एकिन तथ्यांक पत्ता लगाई उनीहरूको जीवन रक्षा र उनीहरूलाई तत्काल सुरक्षित स्थानमा पुर्याउनका साथै आवश्यक उद्धार गर्ने र यथासम्भव स्वदेश फर्काउनका लागि नेपाल सरकारले अविलम्व कुटनीतिक पहल गर्न उनले माग गरेका हुन्।
![387335633_338018282032843_3842100879701036652_n1696762603.jpg](https://nepallive.net/uploads/posts/387335633_338018282032843_3842100879701036652_n1696762603.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।