काठमाडौं- विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधन आह्वान गरिएको छ। आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले विधेयकमा संशोधन चाहनेले ७२ घण्टाभित्र दिन भनेका हुन्।
‘प्रतिनिधि सभा नियमावली २०७९ को नियम ११२ बमोजिम संशोधन पेश गर्न चाहनुहुने माननीय सदस्यहरूले ७२ घण्टाभित्र विधेयक शाखा, प्रतिनिधि सभा, संघीय संसद् सचिवालय सिंहदरबारमा दिन सक्नुहुनेछ’, सभामुख घिमिरेले भने।
त्यसअघि आजै विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको शिक्षामन्त्री अशोक राईले जवाफ दिएका थिए। त्यसपछि विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।