काठमाडौं– नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले सरकारको नीतिका कारण व्यवसायीमा आतंक सिर्जना भएको बताएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद घिमिरेले सरकारले सेवा क्षेत्रको सम्भावनाहरुमा डर, त्रास देखाएको बताएका हुन्।
उनले सेवा क्षेत्रमा सरकारले ढुलमुले नीति र निषेधको निति अबलम्वन गरेका कारण व्यवसायीहरुमा आतंक सिर्जना भएको दाबी गरे। निजी र सरकारी क्षेत्रकोबीचमा पर्खाल खडा गरेर निजी क्षेत्रलाई निषेध गर्ने कोशिस गरिएको उनको भनाइ छ।
उनले हरेक ठाउँमा सरकारी सिन्डिकेट लागू गरिएको बताए। उनले सरकारी नीतिले निजी क्षेत्रलाई खेद्ने काम गरेको बताए।
उनले भने, ‘नेपालको समाजवादी संविधानले सेवा क्षेत्रको सबै सम्भावनाहरुमा डर, त्रास, ढुलमुले नीति र निषेधको निति अबलम्वन गर्दै आएको छ।’
उनले देशको आर्थिक विकासका लागि निजी क्षेत्र प्रवेश गर्न नचाहने स्थानमा मात्र सरकारी क्षेत्रलाई प्रवेश गराउनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।