काठमाडौं– त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले सिभिल र आर्किटेक्चर इन्जिनियरिङको नयाँ शुल्क तोकेको छ। नयाँ शुल्क ४ लाख ९० हजार रुपैयाँ कायम गरिएको छ।
बढेको शुल्कअनुसार २ विषयको ४ वर्षे स्नातकको पूर्ण शुल्क चार लाख ९० हजार रुपैयाँ लाग्ने छ। यसअघि पूर्ण शुल्क ३ लाख १८ हजार रुपैयाँ थियो।
शुल्कको टुंगो लागेसँगै यी २ संकायका लागि स्नातक तहको प्रवेश परीक्षा कात्तिक १५ गते हुने तय भएको छ। यसअघि, आईओईले इन्जिनियरिङ अध्ययनको शुल्क बढाएर ७ लाख ७७ हजार ४२० रुपैयाँ पुर्याउने निर्णय गरेको थियो। उक्त शुल्कवृद्धिविरुद्ध विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए।
शुल्क विवादकै कारण आईओईले भदौ १९ र असोज २२ गतेदेखि सञ्चालन गर्ने भनिएको प्रवेश परीक्षा २ पटक स्थगित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।