परराष्ट्रमन्त्री एनपी साउद (फाइल तस्बिर)
काठमाडौं– परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग छलफल गरेका छन्। २ जनाबीच आइतबार मन्त्रालयमा छलफल भएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ।
साउद र गोडरबीच इजरायलमा हमासले गरेको आक्रमण पछिका अवस्थाबारे कुराकानी भएको हो। साउदले इजरायलको हालको अवस्था, इजरायलमा रहेका नेपालीको सुरक्षा, आक्रमणमा परेका नेपालीको उपचार र उद्धारबारे चासो राखेका थिए।
जवाफमा गोडरले इजरायली सरकारका तर्फबाट नेपालीको सुरक्षा, घाइतेको उपचार र उद्धारमा पूर्ण प्रयास रहने प्रतिबद्धता जनाएका थिए। उनले इजरायलको कठिन समयमा नेपालले व्यक्त गरेको सहानुभूतिप्रति नेपाल सरकारलाई धन्यवादसमेत दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।