काठमाडौं– नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्षमा प्रेमप्रसाद पराजुली चयन भएका छन्। पराजुली सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन्।
१९ गतेदेखि चलेको गैरभौगोलिक उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनअन्तर्गत अध्यक्षका लागि पराजुली र चन्द्र रिजालको उम्मेदवारी परेको थियो। रिजालले उम्मेदवारी फिर्ता लिएपछि पराजुली सर्वसम्मत चुनिएका हुन्।
उपाध्यक्षमा पनि विदुर कार्की सर्वसम्मत चयन भएका छन्। सचिवमा मिलन धरेल तथा उपसचिवमा जितेन्द्र श्रेष्ठ र उर्मिला सुनुवार सर्वसम्मत चयन भएका निर्वाचन समितिले जानकारी दिएको छ।
एमालेमा भुगोलतर्फ ७ र गैरभूगोल (उपत्यका विशेष) गरी ८ वटा प्रदेश कमिटी छन्। केही प्रदेश कमिटीको अधिवेशन सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेश कमिटीको अधिवेशन आज (आइतबार)देखि सुरु हुँदैछ। धनगढीमा हुने प्रदेश अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार उद्घाटन गर्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।