नेपालमा पहिलो पटक सन् १९७९ मा लाङटाङमा भीआइपी हेलिकोप्टर दुर्घटना भएको थियो। यो दुर्घटनामा ६ जनाले ज्यान गुमाए। त्यस यता आज भएको दुर्घटनासहित नेपाली आकाशमा ३२ वटा हेलिकोप्टर दुर्घटना भएका छन्। यसका नेपाली सेनाका दुर्घटना भएका हेलिकोप्टर जोडिएको छैन।
शनिबार बिहान भएकाे अल्टिच्युड एयरको दुर्घटनासहित हेलकाेप्टर दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६५ पुगेको छ। शनिबारको दुर्घटनाबाहेक २२ जना घाइते भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले सार्वजनिक गरेको एभिएसन सुरक्षा रिपोर्टमा उल्लेख छ। शनिबार भएको दुर्घटनामा परी ६ जनाको मृत्यु भएको ६ भने १ जना घाइते भएका छन्।
सन् २०१६ को मार्च महिनामा फिस्टेल एयरको हेलिकोप्टर लाङटाङ क्षेत्रमा दुर्घटनामा परेको भएपनि कुनै मानवीय क्षति भएको थिएन। नेपाली आकाशमा सबैभन्दा ठूलो हेलिकोप्टर दुर्घटना भने ताप्लेजुङमा भएको थियो। सन् २००६ को सेप्टेम्बर महिनामा भएको श्री एयरको एमआइ–१७ हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन वन तथा भू–संरक्षण राज्यमन्त्री गोपाल राईसहित २४ जनाको ज्यान गएको थियो।

तालिकामा नेपाली सेनाका हेलिकाेप्टर दुर्घटनाका विवरण समावेश गरिएकाे छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।