बैतडी- सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन्।
दिपायलको सेतीमा पुलनजिक नुहाउने क्रममा दुई बालका बेपत्ता भएको उद्योग वाणिज्य सङ्घ डोटीमा महासचिव दीपक खड्काले जानकारी दिए। दिपायल सिलगढी नगरपालिका वडा नं. ७ पिपल्ला बस्ने ७ वर्षकी खुसी प्रजापति र साढे दुई वर्षका सिद्धार्थ देउवा बेपत्ता भएका हुन्।
सुवास प्रजातिका छोरी तर्फका नाति सिद्धार्थ र छोरा तर्फका नातिनी खुसी बेपत्ता भएका हुन्। बेपत्ता दुवैको खोजी कार्यका लागि सुरक्षाकर्मी तथा स्थानीयहरू खटिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।