फाइल तस्बिर काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दुईबीच वार्ता जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।